Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विदेशमा रहँदै आएका नेपालीलाई पनि मताधिकार दिन निर्वाचन आयोगलाई ताकेता





काठमाडौं ।
फैसला कार्यान्वयन निर्देशनालयले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ ।
गत बिहीबार निर्वाचन आयोगलाई पत्र लेखेर फैसला कार्यान्वयन निर्देशनालयले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने आदेश कार्यान्वयन गर्न भनेको हो ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुरक्षित गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न फैसला कार्यान्वयन निर्देशनालयले ताकेता गरेको जानकारी दिए ।
२०७४ चैत ७ मै सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारी दिने गरी कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो । उक्त आदेश कार्यान्वयन हुन नसकेको भनेर निर्देशनालयले निर्वाचन आयोगलाई ताकेता गरेको हो ।