Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भियतनाममा डुंगा पल्टिँदा २८ पर्यटकको मृत्यु, १४ जना बेपत्ता





हनोइ ।

भियतनाममा खराब मौसमका कारण शनिबार एउटा पर्यटकीय डुंगा पल्टिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार डुंगा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ।

देशको उत्तरमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा भएको दुर्घटनामा कम्तीमा १४ जना बेपत्ता पनि भएको बताइएको छ।

धेरैजसो यात्रु हनोईबाट आएका भियतनामी नागरिक रहेको उल्लेख गरिएको छ।

उद्धारकर्मीहरूले भारी वर्षाका कारण बेपत्ताहरूको खोजी गर्न गाह्रो भइरहेको बताएका छन्।