Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एमाले पोलिटब्युरो बैठक सकियो, विधान संशोधन प्रस्ताव पारित





काठमाडौं ।

नेकपा एमालेको दुई दिनसम्म चलेको पोलिटब्युरो बैठक सकिएको छ।

प्रचार विभाग प्रमखु राजेन्द्र गौतमले उपाध्यक्ष विष्णु पौडेलले सचिवालयमा पेस गरेको र त्यहाँबाट संशोधन भएर आएको विधान संशोधन प्रस्ताव पारित जानकारी दिए। ‘विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ । सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ । त्यसभित्रका महत्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो । त्यसलाई स्वीकार गर्दै आजको बैठकद्वारा निर्णय गरेका छौं,’ गौतमले भने ।

संशोधित विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेरहद नरहने, दुई कार्याल मात्रै नेतृत्व गर्ने पाउने व्यवस्था पनि हटाउने, पदाधिकारी १५ जनाको रहने, वरिष्ठ उपाध्यक्ष नरहने लगायतका विषय छन्।

बैठकमा पदाधिकारी बाहेक ६८ जनाले आफ्नो धारणा राखेका थिए।