Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेसपा (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने





काठमाडौँ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ।

पार्टीका महासचिव सोनाम सिंह स्याङतानले यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको दाबी गरे।

उनले प्रशंसा अभियान २ भनेर अब ५ महिने अभियान सञ्चालन हुने जानकारी दिए। स्याङतानका अनुसार प्रशंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रुपमा रहेको उल्लेख गरे।

‘हामीले प्रशंसा अभियान २ भनेर ५ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘प्रशिक्षण, संगठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो। जनताको मुद्दाहरू हो यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो।’

पार्टीले ०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक संगठन सुदृढिकरण, विस्तार गरिरहेको स्याङतानले बताए।