Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काभ्रेमा बस दुर्घटना हुँदा २३ जना घाइते (नामावलीसहित)





काभ्रेपलाञ्चोक ।

काभ्रेको भुम्लु गाउँपालिका-८ स्थित पौवामा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

शनिबार दिउँसो १२ : २० बजेतिर रामेछापको डोरखानीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसको ब्रेक फेल भइ नियन्त्रण गुमाउँदा भित्री सडक खण्डमा दुर्घटना भएको हो। बसमा ३२ जना सवार थिए।

घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ। सबै घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनापछि बस घटनास्थलमै रोकिएको छ भने चालकलाई दोलालघाट प्रहरी चौकीको नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

घाइते यात्रुहरूको विवरण यसप्रकार छः

१. भिम बहादुर मगर, ४६ वर्ष, रामेछाप – मुख र घोडामा चोट, मध्यम
२. नम्बर सिंह तामाङ, ४४ वर्ष, दोरम्बा – मुख र घाँटीमा चोट, मध्यम
३. फुलमाया तामाङ, ४६ वर्ष – टाउकोमा चोट, मध्यम
४. राम बहादुर चापागाईं, ३० वर्ष, काभ्रे – कम्मरमा भित्री चोट, मध्यम
५. मिन बहादुर बि।क।, ४५ वर्ष – आँखामा र कुममा चोट, मध्यम
६. भुवन थापा मगर, २८ वर्ष – ओठमा चोट, सामान्य
७. कमल सुनार, ३५ वर्ष, गोरखा – च्यापुमा चोट, मध्यम
८. सुवास तामाङ, २६ वर्ष – च्यापुमा चोट, मध्यम
९. निर्मला खत्री, ४४ वर्ष – देब्रे हातमा चोट, सामान्य
१०. सरोज रसाईली, २१ वर्ष – देब्रे हातमा चोट, सामान्य
११. राम गौतम, २६ वर्ष – छाती र गालामा चोट, मध्यम
१२. सरोज बि।क।, २१ वर्ष – टाउको र खुट्टामा चोट, मध्यम
१३. दोर्जे लामा, ७८ वर्ष – छातीमा भित्री चोट, मध्यम
१४. प्रकाश गौतम, १७ वर्ष – छातीमा चोट, सामान्य
१५. असलमान तामाङ, ५९ वर्ष – कोखा दुखाई, सामान्य
१६. सुकलाल लामा, ६४ वर्ष – छाती र घोडामा चोट, मध्यम
१७. शेर बहादुर तामाङ, ४५ वर्ष – कोखामा दुखाई, सामान्य
१८. तारा बहादुर श्रेष्ठ, ४० वर्ष – मुखमा चोट, सामान्य
१९. दिव्या थापा मगर, १५ वर्ष – दाँतमा चोट, सामान्य
२०. चेत बहादुर श्रेष्ठ, ५१ वर्ष – कम्मरमा भित्री चोट, मध्यम
२१. माईली तामाङ, ५८ वर्ष – छातीमा भित्री चोट, सामान्य
२२. मैया बुढाथोकी, ६४ वर्ष – टाउको र हातमा चोट, मध्यम
२३. जनक रिजाल, ४१ वर्ष – कम्मरमा भित्री दुखाई, मध्यम