Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कन्सर्टमा विवाहेत्तर सम्बन्धको खुलासा : कम्पनीका सीईओलाई छुट्टीमा पठाइयो





न्युयोर्क ।

कोल्डप्ले कन्सर्टमा देखाइएको भिडियो भाइरल भएपछि अमेरिकी प्रविधि कम्पनी एस्ट्रोनोमरले आफ्ना दुई कर्मचारीलाई बिदामा पठाएको छ। भाइरल भिडियोमा, कोल्डप्ले कन्सर्टको क्रममा दुवै कर्मचारीहरू ठुलो पर्दामा एकअर्कालाई अँगालो हालेको देखिन्थ्यो। तर, पर्दामा देखा पर्ने बित्तिकै उनीहरूले आफूलाई लुकाउने प्रयास गरे।

कन्सर्टको क्रममा दर्शकसँग अन्तरक्रिया गर्दै मार्टिनले क्यामेराको लेन्स एक जोडीमा केन्द्रित गरे। एक अर्कालाई अङ्कमाल गरिरहेका जोडीलाई देखेर उनले ‘अहो, यी दुईलाई हेर’ भनेका थिए। तर, उनीहरूले हतारमा अनुहार लुकाउन थालेपछि सबै दर्शक आश्चर्यचकित बने।

पछि ती व्यक्ति एस्टोनोमर नामक सफ्टवेयर कम्पनीका सीईओ एन्डी बायरन भएको खुल्यो। उनी आफ्नी पत्नी नभएर कम्पनीकी मानव संसाधन (एचआर) प्रमुख क्रिस्टिन क्याबोटसँग कन्सर्टमा उपस्थित थिए।

क्यामेराले उनीहरूलाई देखाएपछि बायरनले क्याबोटबाट हात हटाएर ब्यारिकेड पछाडि लुक्न खोजेका थिए। यसैबिच क्याबोटले भने आफ्नो अनुहार हातले छोपेकी थिइन् । जिलेट स्टेडियममा उपस्थित सबै दर्शक हाँस्न थालेपछि क्रिस मार्टिनले भने, ‘अहो, के भयो रु कि त उनीहरूको विवाहेत्तर सम्बन्ध छ, कि त उनीहरू निकै लजालु छन्।’

यो भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमा भाइरल भयो र लाखौँ मानिसहरूले हेरे। यो भिडियो भाइरल भएको दुई दिनपछि, एस्ट्रोनोमरले यस विषयमा अनुसन्धान गर्ने घोषणा गरे। यद्यपि, पोस्टमा भाइरल भिडियोको उल्लेख गरिएको थिएन।

शुक्रबार ढिलो, कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सीईओ एन्डी बायरनलाई बिदामा पठाइएको पुष्टि गर्‍यो । कम्पनीका सह-संस्थापक तथा प्रमुख उत्पादन अधिकृत पिट डेजोयलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ।

यो घटनापछि सामाजिक सञ्जालमा बायरन र क्याबोटको आलोचना भइरहेको छ।