Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

युएईमा नेपाली नागरिकको अपराधिक गतिविधिमा संलग्नता १ सय प्रतिशतले बृद्धि





काठमाडौँ ।
यूएईमा नेपाली नागरिकका आपराधिक गतिविधिमा १ सय प्रतिशतले वृद्धि भइरहेको स्थानीय निकायलाई उद्धृत गर्दै नेपाली दूतावास आबुधावीले जनाएको छ ।
यहाँको उच्च निकाय तथा उच्च अधिकारीहरूसँगको भेटमा आफूहरूलाई पटक पटक सचेत गराउने गरेको नेपाली दूतावासका अधिकारीहरूले बताउने गरेका छन् । हालै दुबईमा सम्पन्न श्रमिक संवादको क्रममा दूतावासका अधिकारीहरूले समस्या बारे प्रकाश पार्दै यस्तो बताएका हुन् ।
अघिल्लो वर्षमा भएका आपराधिक गतिविधि भन्दा पछिल्लो ६ महिनामा आपराधिक गतिविधि बढेको छ । ‘गलत काम गर्ने, नेपालीलाई नेपालीले नै ठग्ने, लागू औषध प्रयोग गर्ने, ओसारपोसार गर्ने, जाँड रक्सी खाने, तथा अनैतिक गतिविधिहरू गर्ने, सामाजिक सञ्जाल मार्फत गाली बेइज्जत गर्ने, झैँ झगडा तथा कुटपिट गरी कानुन उल्लंघन गर्ने घटना बढेको प्रति दूतावासले सम्पूर्ण नेपालीलाई सचेत गराउन चाहन्छ’, यूएईका लागी नेपाली श्रम सहचारी पंकज लाभ कर्णले भने ।
यसैबीच दूतावासका अनुसार इद अल–अधाको अवसरमा यूएई सरकारले विभिन्न कारागारहरूमा सजाय भोगिरहेका १२० जना नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ । नेपाली दूतावास, अवुधावीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको छ ।
दूतावासले यूएई सरकारबाट प्राप्त आममाफीका लागि धन्यवाद दिँदै यस्ता कदमले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको छ । यसैबिच पछिल्ला महिनाहरूमा यूएईमा नेपाली नागरिकहरू आपराधिक गतिविधिमा संलग्न हुने दर उल्लेखनीय रूपमा बढिरहेको छ ।
दूतावासका एक उच्च अधिकारीका अनुसार, सन् २०२५ को पहिलो छ महिनामा मात्र नेपाली समुदायसँग सम्बन्धित आपराधिक मुद्दाहरू दोब्बरले बढेका छन्, जुन अघिल्लो वर्षको तुलनामा अत्यन्तै धेरै हो ।
विश्लेषकहरूका अनुसार गैरकानूनी आप्रवासन, भिजिट भिसा , कामको अवैध परिवर्तन, लागूऔषध कारोबार, झैँ–झगडा, र चोरीजस्ता घटनाहरूमा नेपालीहरू मुछिन थालेका छन् ।
धेरै नेपालीहरू रोजगारदाता वा स्पोन्सरबाट भागेर अवैध रूपमा अन्यत्र काम गर्ने वा फस्ने गरेका छन्। यस्तो अवस्थामा उनीहरू कानुनी सुरक्षाबाट वञ्चित हुने र सजिलै आपराधिक जालोमा पर्ने गरेका हुन्छन् ।
दूतावासले यूएइमा रहने सबै नेपाली श्रमिक र बसोबास गरिरहेका नागरिकहरूलाई यूएईका कानुन र नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। कानुन उल्लङ्घन गर्दा व्यक्तिगत भविष्यमा मात्र नभई सम्पूर्ण नेपाली समुदायको छवि, र प्रतिष्ठामा समस्या हुने दूतावासको भनाई छ ।
यूएई सरकारको आममाफी योजनाले केही नेपालीहरूलाई पुनः जीवन सुरु गर्ने अवसर दिएको भए पनि अर्कोतर्फ आपराधिक गतिविधिमा वृद्धि हुनु नेपाली समाज र सम्बन्धित निकायहरूका लागि चुनौतीको रूपमा समस्या देखिएको सुधार र सचेतना अभियान आवश्यक रहेको सरोकारहरूको भनाइ छ ।