Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एमालेको पोलिटब्युरो बैठकमा परिमार्जित विधानको मस्यौदा पेश, शनिबारसम्मका लागि बैठक स्थगित





काठमाडौं ।
नेकपा एमालेको पोलिटब्युरो बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिएको छ ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेश गरेका हुन् ।
१९ सदस्यीय पदाधिकारीलाई १५ जनामा झार्न प्रस्ताव गरिएको छ । जसमा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव–१, उपाध्यक्ष–५ र सचिव– ७ जना प्रस्ताव गरिएको छ ।
केन्द्रीय कमिटी पनि २५१ सदस्यीयमा सीमित बनाउने गरी प्रस्ताव पेश भएको छ । केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन् । पोलिटब्युरो अब ८३ सदस्यमा झारिनेछ ।
सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने प्रस्ताव पारित गरिएको छ । ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ ।
यता नेकपा एमालेको पोलिटब्यूरो बैठक स्थगित भएको छ । शनिबार बिहान ११ बजे बस्ने गरी शुक्रबारको बैठक स्थगित भएको हो ।
आजको बैठकमा केही स्थायी कमिटि सदस्यहरुले बैठकमा आफ्नो धारणा राखेका थिए । आजको बैठकमा केही स्थायी कमिटि सदस्यहरुले धारणा राखेका थिए ।