Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहाको सुखीपुर नगरपालिकाबाट ७ सय किलो बढी गाँजा बरामद





जनकपुरधाम ।
सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियामा ठूलो परिमाणमा लुकाइछिपाइ राखिएको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
आज बिहान ६ बजे गोप्य सूचनाको आधारमा ६० वर्षीय मेदी यादवको घरमा चेकजाँच गर्दा घरभित्र २६ र थप १ गरी २७ पोका गाँजा बरामद भएको छ । घरमुली यादव भने फरार छन् ।
बरामद भएको २७ पोका गाँजा तौल गर्दा कुल ७१७.६ किलोग्राम पुगेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ । फरार रहेका मेदी यादवको खोजीका कार्यसँगै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।