Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संघीय लोकतान्त्रिक मोर्चाले सातै प्रदेशमा अन्तरक्रिया गर्ने





काठमाडौँ ।
सात दलीय सङ्घीय लोकतान्त्रिक मोर्चाले साउन १८ गते काठमाडौँमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
काठमाडौँबाट सुरु हुने अन्तरक्रिया सात वटै प्रदेशमा गर्ने तय भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले बताए । काठमाडौँमा साउन १८ गते हुने कार्यक्रमको तयारीमा मोर्चा जुटेको बताउँदै उनले त्यसको तयारीका लागि शनिवार मोर्चाको बैठक बोलाएको बताए ।
बैठकमा मोर्चामा आबद्ध दलका जिल्ला अध्यक्षहरूलाई पनि बोलाइएको छ । कार्यक्रम सफल बनाउनका लागि मोर्चामा आबद्ध दलका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने उनले बताए । अन्तरक्रियामा भूमि विधेयक, संविधान संशोधनलगायतका विषयमा छलफल हुने बताए ।
भोलिको बैठकले मोर्चामा आबद्ध दलहरूलाई कार्यक्रमको जिम्मेवारी बाँडफाँड समेत गरिनेछ ।
काठमाडौँपछि लुम्बिनी प्रदेशको भैरहवामा साउन २१, नेपालगन्जमा २३ गते, सुदूरपश्चिम प्रदेशको कैलालीमा २५ गते, कोशी प्रदेशको विराटनगरमा भदौ १६ गते, मधेस प्रदेशको राजविराजमा १८, जनकपुरमा २० र वीरगन्जमा २२ गते कार्यक्रम तयारी रहेको छ ।