Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम ११का वडाध्यक्ष अर्जुन चौधरी पक्राउ





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११का वडाध्यक्ष अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार चौधरीविरुद्ध महिला प्रहरी सेलमा परेको उजुरीको आधारमा उनलाई बिहिबार अबेर साँझ नियन्त्रणमा लिइएको हो । यद्यपि पक्राउ गर्नुको कारणबारे प्रहरीले थप स्पष्ट भने गरेको छैन ।
यसअघि पनि चौधरी घुस काण्डमा मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित रंगेहात पक्राउ गरेको थियो र भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको थियो । तर विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।