Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रवि लामिछानेका पक्षमा मधेशमा मात्रै २० हजार ५०५ हस्ताक्षर संकलन, साउन ५ गतेदेखि घरदैलो अभियान





काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा हालसम्म झन्डै २५ लाख हस्ताक्षर संकलन भएको जनाएको छ ।

बिहीबार पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गरी रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधेको भन्दै चलाएको अभियानमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जानकारी दिएको हो ।

७ असारबाट सुरु भएको अभियान अब गाउँतहसम्मै पुर्‍याउने रास्वपा नेता दीपक बोहराले जानकारी दिए । उनका अनुसार प्रदेश, जिल्ला र पालिकास्तरमा चलेको हस्ताक्षर अभियान साउन ५ गतेबाट जनस्तरसम्म पुर्‍याउन घरदैलो अभियान सञ्चालन गर्ने पार्टीको तयारी छ ।

संगठित सहकारी ठगी प्रकरणमा दोषी ठहर भइ रास्वपा सभापति हाल भैरहवास्थित कारागारमा सजाय काटिरहेका छन् ।

लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले राजनीतिकर्मी, कलाकार र जनताको हस्ताक्षर संकलन गर्दै आएको छ ।

अब अब नेपाल–भारत सीमा नाकाका मुख्य बिन्दु काकडभिट्टा, रक्सौल, जोगवनी,  बेलहिया, जमुनाह, गड्डाचौकीलगायत विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गर्ने नेता बोहराले जानकारी दिए ।

साथै उपचुनाव हुन लागेको रुपन्देही–३ का ३६ वटै वडामा बुथमार्फत अभियान सञ्चालन गर्ने रास्वपाले जनाएको छ ।

विदेशमा समेत लामिछानेका पक्षमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

रास्वपाका अनुसार बागमती प्रदेशमा सबभन्दा बढी ६ लाख ३९ हजार ८६ जनाले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै अभियानमा हस्ताक्षर गरेका छन् ।

यस्तै गण्डकीमा ४ लाख, ३९ हजार ७२३, लुम्बिनीमा २ लाख ३६ हजार ५९५, कोशीमा १ लाख ६६ हजार ८६१, सुदूरपश्चिममा ९४ हजार ५३५, कर्णालीमा ४३ हजार ७७५, मधेशमा २० हजार ५०५ र केन्द्रीय कार्यालयमा ३३ हजार ३७० जनाले अभियानमा हस्ताक्षर गरेका छन् । यसबाहेक भर्चुअल र अन्य माध्यमबाट ७ लाख ९० हजार २३० जनाले हस्ताक्षर गरेका छन।