Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन प्रेस काउन्सिलको आग्रह





काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकार स्पष्ट हुन आग्रह गरेको छ । बिहीबार रामप्रसाद दाहालको अध्यक्षतामा बसेको काउन्सिलको बैठकले यस्तो निर्णय गरेको हो ।

वरिष्ठ प्रशासकीय अधिकृत  एवं प्रवक्ता दिपक खनालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,’काम, कर्तव्य र अधिकारभित्र रही काउन्सिलले आफ्नो जिम्मेवारी, दायित्व निभाउँदै आएको हुँदा कुनै भ्रममा नपर्न र पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताजस्ता गम्भीर विषयमा कुनै निर्णय लिनुपर्दा आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन प्रेस काउन्सिल नेपाल राज्यका सम्बद्ध निकायहरूलाई पुनः अनुरोध गर्दछ ।’

प्रेस काउन्सिल ऐनमा समयानुकूल संशोधनको प्रक्रियासँगै काउन्सिलले पत्रकारिता तथा आमसञ्चार क्षेत्रसँग सम्बन्धित नयाँ नयाँ चुनौतीहरूलाई आफ्नो जिम्मेवारी सम्झी पत्रकारिताको पेसागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा प्रवर्द्धनका लागि जोड दिँदै आएको जारी विज्ञप्तिमा भनिएको छ ।