Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लागुऔषधसहित २ जना पक्राउ





गौर । 

रौतहटबाट ठुलो परिणाममा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।  गौर नगरपालिका–१ बाट २३ वर्षीय नितेश कुमार पंडित र ३२ वर्षीय पिन्टु कुमारलाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको हो।

उनीहरुको साथबाट नाइट्रोभेट १० ट्याबलेट १८ सय, नेटज़केयर १० ट्याब्लेट १२  सय, डाइजिपाम ३ सय एम्पुल, फेनेर्गन ३ सय एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन १ थान र २ थान मोबाइल फोन र एक थान मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए।

उनीहरूमाथि अनुसन्धान भइरहेको प्रवक्ता रायले जानकारी दिए।