Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बजेट नल्याएका मधेसका १० नगरपालिकाको खाता बन्द





काठमाडौँ ।
धरान उपमहानगरपालिका सहित देशभरका ११ वटा नगरपालिकाको साउन लागेसँगै आर्थिक कारोवार बन्द भएको छ । तोकिएको समय अर्थात १० असारभित्र बजेट ल्याएर मसान्तसम्ममा बजेट पारित गर्न नसकेका कारण यी नगरपालिकाहरुको आर्थिक कारोवार ठप्प भएको हो ।
विवादका कारण बजेट ल्याउन नसकेपछि अब यी नगरपालिकाहरुको आर्थिक कारोवारसहित कर्मचारीहरुको तलवसमेत निकासा बन्द हुनेछ । असार मसान्तसम्ममा बजेट ल्याउन नसक्नेमा धरान उपमहानगरपालिकाबाहेक सबै मधेश प्रदेशका छन् ।
नेपाल नगरपाकिला संघका अनुसार सिरहाको सिरहा नगरपालिका, धनुषाका नगराइन, कमला र हंसपुर नगरपालिकाले बजेट ल्याएका छैनन् । त्यसैगरी सप्तरीको डाक्नेश्वरी र राजविराज नगरपालिका, महोत्तरीको औरही नगरपालिका, रौतहटको देवाही गोनाही नगरपालिका र बाराको निजगढ नगरपालिकाले बजेट ल्याएका छैनन् ।