Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वर्ष दिनमा सुनको मूल्यमा ४४ हजार ५ सयले बृद्धि, चाँदीमा ३ सय ९० रुपैयाँले बृद्ध





काठमाडौँ ।
गत आर्थिक वर्ष २०८१/८२ मा सुनको मूल्य प्रतितोला ४४ हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ । गत आर्थिक वर्षको २०८१/८२ को पहिलो दिन साउन १ गते सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
गत साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो । २०८०/८१ को अन्तिम दिन असार ३१ गते प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
तर पछिल्लो एक आर्थिक वर्षमा छापावाल सुनको मूल्य प्रतितोला ४४ हजार पाँच रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिन अर्थात असार ३२ गतेको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य ५ रुपैयाँले बढेर कारोबार भएको छ ।
जसअनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबारको दिन बुधवार सोही सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ थियो ।
२०८१ साल मङ्सिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। २०८१ कात्तिकमा १ लाख ७१ हजार रुपैयाँ पुगेको सुनको मूल्य सरकारको उक्त निर्णयपछि मंसिर ११ गते १ लाख ४८ हजार ७ सय रुपैयाँसम्म झरेको थियो। २०८१ को अन्त्यमा चैत ३१ गते भने सुनको मूल्य १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सरकारले बजेटमा व्यवस्था गरेको आर्थिक ऐन अनुसार सुनचाँदीमा आजैदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आर्थिक वर्ष २०८१/८२को पहिलो कारोबारको दिन गत साउन १ गते प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।
आर्थिक २०८१/८२ को अन्तिम कारोबारको दिन बुधवार २ हजार २६० रुपैयाँ कायम भएको थियो । तर नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको छ । यसरी हेर्दा पछिल्लो एक आर्थिक वर्षमा चाँदीको ३९० रुपैयाँले बढेको छ ।