Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का





एजेन्सी ।
अमेरिकाको अलास्कामा बिहीबार बिहान करिब सवा २ बजे तीव्र भूकम्पको झड्का महसुस गरिएको छ । रेक्टर स्केलमा यसको तीव्रता ७.३ मापन गरिएको थियो । भूकम्पपछि राज्यका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिए पनि केही घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको छ ।
नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) अनुसार भूकम्प अलास्काको पपोफ टापु नजिकै स्यान्ड पोइन्ट क्षेत्रमा आएको थियो । यसको केन्द्र जमिनको सतहदेखि ३६ किलोमिटर गहिराइमा थियो । हालसम्म यस भूकम्पमा मानवीय क्षतिको कुनै जानकारी आएको छैन ।
अलास्का भूकम्प एजेन्सीका अनुसार पछिल्लो एक हप्तामा लगभग ४०० वटा भूकम्प मापन गरिएका छन्। तीमध्ये सबैभन्दा ठूलो भूकम्प १६ जुलाईमा अटकास्थित क्षेत्रमा ५.१ म्याग्निच्युडको रहेको थियो ।
मिसिगन टेक्नोलोजिकल विश्वविद्यालयका अनुसार ७.० देखि ७.९ म्याग्निच्युडसम्मको भूकम्पले ठूलो क्षति पु¥याउने सम्भावना रहन्छ । अलास्कामा हरेक वर्ष झन्डै १० देखि १५ यस्ता भूकम्प मापन गरिन्छन् ।
भूकम्पपछि अलास्काको केही तटीय भागका लागि सुनामी चेतावनी प्रणालीमार्फत चेतावनी जारी गरिएको थियो । प्रभावित क्षेत्रमा अधिकारीहरूले जनतालाई सतर्क रहन र सुरक्षा निर्देशनहरू पालना गर्न अनुरोध गरेका छन् ।
अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) का अनुसार यो भूकम्प स्यान्ड पोइन्टको दक्षिणतर्फ प्रशान्त र उत्तर अमेरिकी प्लेटबीचको सबडक्शन जोनमा वा नजिकै थ्रस्ट फोल्टिंगका कारण आएको हो । अलास्का अमेरिकाको सबैभन्दा भूकम्पीय सक्रिय राज्य हो, जहाँ संसारभरका करिब ११ प्रतिशत र अमेरिकाभरका १७.५ प्रतिशत भूकम्पहरू मापन गरिन्छन् ।
मार्च १९६४ मा अलास्कामा ९.२ म्याग्निच्युडको भूकम्प आएको थियो, जुन उत्तरी अमेरिकामा हालसम्म मापन गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो । उक्त भूकम्पले एंकोरेज शहरलाई तहस–नहस बनाएको थियो । त्यसपछि आएको सुनामीले अलास्काको खाडी, अमेरिकाको पश्चिमी तट र हवाई क्षेत्रलाई व्यापक क्षति पु¥याएको थियो ।