Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नयाँ आर्थिक वर्ष आजबाट शुरु, गत आव ८२ प्रतिशत बजेट खर्च





काठमाडौं ।
नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ ।
सरकारले ल्याएका नयाँ करका दरहरू कतिपय १५ जेठ र बाँकी सबै आजैदेखि कार्यान्वयनमा आएका छन् । उता, महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा भने सरकारले लक्ष्यको ८२५ मात्र बजेट खर्च गर्न सकेको छ । उक्त आवमा १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयन गरिएको थियो ।
असार मसान्तसम्म खर्च भने मात्र १५ खर्ब २३ अर्ब १० करोड बराबर भएको छ । यो लक्ष्यको ८१.८७ प्रतिशत हो । पुँजीगत खर्च अहिले पनि दयनीय रह्यो । तीन खर्ब ५२ अर्ब विनियोजन भएकोमा खर्च दुई खर्ब २२ अर्ब मात्र भयो । जुन लक्ष्यको ६३.२ प्रतिशत मात्र हो । चालु खर्च ८५.९५ र वित्तीय व्यवस्था तर्फको बजेट ८७.१४ प्रतिशत मात्र खर्च हुन सकेको महालेखाको तथ्यांक छ ।
सरकारको आम्दानी र खर्चका बीचमा तीन खर्बमाथिको खाडल देखिएको छ । जसको पूर्तिका लागि आन्तरिक तथा बाह्र ऋण उठाइएको हो ।