

जनकपुरधाम ।
सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह घुससहित पक्राउ परेका छन् ।
बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले उनलाई नगरपालिका कार्यालयमै एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । अख्तियारका अनुसार साहले एक उपभोक्ता समितिबाट कार्य सम्पन्न भएपछि भुक्तानी प्रक्रिया अगाडि बढाइदिने भन्दै घुस मागेका थिए । दिउँसो करिब पौने २ बजे उक्त रकम लिँदै गर्दा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
