Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा





काठमाडौँ ।
सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बिहान कार्यक्रम आयोजना गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संकमणबारे जनचेनता फैलाउन साउन महिना रोजेको हो ।
यस क्रममा मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुन सक्ने अनुमान पनि गरेको छ । सरकारले डेंगीविरुद्ध सचेतना स्थानीय तहहरूसँग मिलेर गर्ने बताएको छ ।
डेंगी संक्रमण साउनदेखि कात्तिकसम्म देखिने भएकाले साउनको सुरुवातदेखि नै यसविरुद्ध सचेतना फैलाउन लागिएको हो । सचेतना अभियानको नेतृत्व इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गर्ने जनाइएको छ ।