Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महेन्द्र मोरङ क्याम्पस स्ववियु सभापतिको कार्यकक्षमा भेटियो खुकुरी, प्रहरीले थाल्यो अनुसन्धान





विराटनगर ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको दराजमा २ वटा खुकुरी भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ।

केहीबेर अघि खुकुरी भेटिएको बारेमा विद्यार्थीहरूको बिचमा होहल्ला भएपछि प्रहरी स्ववियु भवनमा पुगेको थियो।

महेन्द्र मोरङ क्याम्पसमा पछिल्लो समय खुकुरी काण्ड बढ्दै जाँदा सभापति रोहित यादवको कार्यकक्षमा पुगेर प्रहरी निरीक्षक अप्रिल चापागाईँ नेतृत्वको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धान गर्ने क्रममा दुई थान खुकुरी फेला परेको चापागाईँले बताए।

‘निक्कै भिडभाड भएको बेलामा एक जना बहिनी (विद्यार्थी) ले यी खुकुरीहरू कोही दुईजना मान्छेसँग थियो भन्नुभएको थियो,’ उनले भने, ‘खुकुरी लिएर आउने उनीहरू अहिले क्याम्पस परिसर भित्र नभएको भन्ने जानकारी आएको छ। यस बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ।’

प्रहरीले स्ववियु सभापतिको कार्यकक्षभित्र भएको खुकुरी नियन्त्रणमा लिएको जनाएको छ। यस बारेमा महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रोहित यादवले त्यो खुकुरी आफूले नल्याएको दाबी गर्दै आएका छन्। स्ववियुको कार्यालय बिहान ६ बजेदेखि नै खुल्ने भएकोले सबै विषय आफूलाई थाहा नहुने जिकिर गरे।

सभापतिको दराजमा राखिएको अवस्थामा भेटिएको खुकुरी कसले ल्याएर राखिएको हो भन्नेमा प्रहरी नै अन्यौलता देखिएको छ।

सभापति यादव भन्छन्, ‘यदि मैले खुकुरी ल्याएर राखेको कसैले प्रमाणित गरिदियो भनेँ म सभापतिबाट राजीनामा दिन्छु।’

आफ्नो ज्यानको सुरक्षाको लागि खुकुरी आवश्यक नपर्ने उनले दाबी गरे।

‘रोहित यस्तो लिडर हो उसलाई ज्यानको सुरक्षाको लागि खुकुरी चाहिँदैन,’ उनले भने, ‘कसैले फसाउनको लागि राखेको हुनसक्छ, यहाँ मलाई फसाउन धेरै मान्छे लागेका छन्।’

स्ववियु निर्वाचनताका महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका बिच खुकुरी हानाहान भएको थियो। खुकुरी हानाहान हुँदा केही नेविसंघका विद्यार्थी नेताहरू नै घाइते भएका थिए, भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो।