Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महोत्तरीको गौशाला नगरपालिकामा रहेको विद्यालयका प्रधानाध्यापकहरुले बुझाए सामूहिक राजिनामा





जनकपुरधाम ।
महोत्तरीको गौशाला नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् । मंगलबार नगरपालिकाको प्रशासन शाखामा पालिकाका ३२ वटै विद्यालयका प्रधानाध्यापकले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।
आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि नगरपालिकाको कार्यालयले अत्यावश्यक रकम निकासा नगर्दा विद्यालय सञ्चालनका लागि सकस भएपछि बाध्य भएपछि राजीनामा दिएको एक प्रधानाध्यापकले बताए ।
दिवा खाजा, पाठ्यपुस्तक, नन सैलरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा, सर्शत पुँजीगत तथा शैक्षिक अनुदान शीर्षकको रकम समेत अति न्यून निकासा र पटकपटक ताकेता गर्दा समेत आलटाल गरेपछि बाध्य भई राजीनामा दिएको प्रधानाध्यापकहरुको भनाई छ । उनीहरूले नगरपालिकाको कार्यालयमा राजीनामा बुझाएका हुन् ।