Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कार्यसूचीमा रहेको निजामती सेवा विधेयक मन्त्रीको राजिनामापछि राष्ट्रियसभामा आज प्रस्तुत हुने सम्भावना न्यून





काठमाडौं ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पेश भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको मङ्गलवारको कार्यसूचीमा रहेको छ ।
मङ्गलवार दिउसो सवा १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठकको कार्यसूचीको दोस्रो नम्बरमा संघीय निजामती सेवा विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव रहेको छ ।
प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । तर, घुस लेनदेनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएसँगै मन्त्री गुप्ताले मङ्गलवार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिइसकेका छन् ।
मन्त्री गुप्ताले राजीनामा दिएसँगै संघीय निजामती विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव कसले प्रस्तुत गर्ने भन्ने अन्यौलता सृजना भएको छ ।
राष्ट्रियसभा सचिवालयका सचिव डा. सुरेन्द्र अर्यालका अनुसार अहिलेसम्म कार्यसूचीबाट हटेको छैन ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको सचिवालयका अनुसार मन्त्रीले राजीनामा दिइसकेको र विधेयक कसले प्रस्तुत गर्ने भन्ने अहिलेसम्म कुनै आधिकारिक जानकारी आइनसकेकाले प्रस्तुत हुने सम्भावना न्यून देखिएको छ ।