Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रुसलाई धम्काउँदै ट्रम्पले भने– युक्रेनलाई शक्तिशाली हतियार दिन्छौँ





एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशमार्फत युक्रेनलाई एकदमै शक्तिशाली हतियार पठाउने बताएका छन् । साथै उनले रुस ५० दिन भित्रमा शान्ति वार्ताका लागि तयार नभएमा रुसी सामानमा कडा करको नीति पनि लिने बताएका छन् ।
‘हामीले युक्रेनको यसो गर्न चाहेमा गर्न सक्छ भन्ने प्रमाणित गर्नु छ,’ नाटो प्रमुख मार्क रुटसँग वासिङ्टनमा भएको भेटमा उनले भने । अमेरिकाले नाटो मार्फत हतियार पठाउने चाहेको कुरा रुटले स्वीकार गरे । युरोपेली देशले नै युक्रेनलाई प्याट्रियक एयर डिफेन्स सहयोग गर्ने भइसकेका छन् । यसले रुसले गर्ने भीषण आक्रमणबाट बचाउने अपेक्षा गरिएको छ ।
ट्रम्प र युरोपेली नेताको बीचमा मिसाइल र गोला बारुदको विषयमा पनि वार्ता भएको छ । ट्रम्पले यस ‘टप अफ द लाइन हतियार’को व्ययभार बिलियन डलर भए पनि युद्ध मैदानमा भएकाका लागि सहयोग गर्ने बताए ।
युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले ट्विटरमा पोस्ट गर्दै रुटसँगको बैठकपछि उनको ट्रम्पसँग कुरा भएको बताउँदै युक्रेनलाई सहयोग गर्दै मान्छे मर्नेक्रम रोक्ने चाहना राखेकोमा धन्यवाद दिएका छन् ।
रुसी आक्रमणबाट बच्दै त्यहाँका बासिन्दाको ज्यान जोगाउने विषयमा ट्रम्पसँगको वार्ता केन्द्रित भएको उनले बताए । ट्रम्पले ५० दिन भित्रमा रुस वार्ता र शान्तिका लागि तयार नभएमा रुसका व्यापारिक साझेदारलाई लक्षित गर्दै शतप्रतिशतसम्म सेकेन्डरी ट्यारिफको निर्णय गर्ने बताएका छन् ।