Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्नुपर्छ: गगन थापा





काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

काठमाडौँमा सोमबार आयोजित पार्टीको पेसागत तथा बुद्धिजीवी विभागको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्ने अपेक्षा भए पनि त्यसो नभएको भन्दै आपत्ति जनाएका हुन्।

‘गल्ती गरेको होइन भन्ने आँट पनि छैन। प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो’ थापाको गुनासो थियो।

उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै थपे, ‘तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्।’

उनले यस विषयमा मन्त्रीलाई बर्खास्त गरिसकेपछि गर्न बाँकी धेरै काम हुने बताए। ‘यसको दूधको दूध, पानीको पानी हुनुपर्छ,’ उनले भने, ‘यसमा संलग्न भएका अरू को-को छन् खोजी गर्नुपर्छ।’

उनले अहिले नै कोको माथि कारबाही गर्नुपर्छ भनेर टिकाटिप्पणी गर्नुभन्दा पहिले अनुसन्धान गर्ने दोषी देखिएर कारबाही गरिहाल्ने गर्नुपर्ने पनि बताए।