Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कालोमोसो छ्याप्ने जनमतका दुई नेताविरुद्ध प्रहरीमा उजुरी





काठमाडौँ ।
जनमत पार्टीका निलम्बित नेताहरूले प्रहरीमा उजुरी दिएका छन् । पार्टीबाट निलम्बित उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव, नेता विरेन्द्र साहले आफूमाथि कालोमोसो छ्यापिएको भन्दै उनीहरुले सोमबार जनमत पार्टीका दुई जना नेताविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका हुन् ।
आइतबार बारा क्षेत्र नम्बर २ जनमत पार्टीका निलम्बित उपाध्यक्ष साह, कोषाध्यक्ष यादव, नेता साहमाथि जनमत पार्टीकै नेता विकासकुमार सिंह र रामबाबु साहले कालोमोसो छ्यापेका बताइएको छ ।
उपाध्यक्ष साहले पार्टी अध्यक्ष डा.सिके राउतको निर्देशनमा आफूहरूमाथि कालोमोसो छ्यापिएको निलम्बित उपाध्यक्ष साहले बताए । उनले आफूहरूमाथि ज्यान मार्ने धम्की समेत आएको बताए ।