

जनकपुरधाम ।
मधेस प्रदेशसभामा मधेस प्रदेशको आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत विनियोजन विधेयक छलफलका लागि पेश गरिएको । विपक्षी दलहरूको बहिष्कारका प्रदेशसभा बैठकमा सत्तारूढ दलका प्रदेशसभा सदस्यहरुको मात्रै सहभागिता रहेको छ ।
विनियोजन विधेयकमाथि छलफलकालागि अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्ताव पेश गरिएपछि विपक्षी दलहरु बिनै छलफल चलिरहेको छ । यस अघि उक्त विधेयकप्रति आपत्ति जनाउँदै जसपा नेपालसहित ६ विपक्षी दलले बैठक बहिष्कार गरेका थिए । उनीहरूले सत्ता पक्षले ’रेडबुक’मा गम्भीर त्रुटि गरेको आरोप लगाउँदै ४६१ पृष्ठको मात्रै जानकारी गराएर ७५५ पृष्ठको रेडबुक पारित गराउने प्रयास भइरहेको भन्दै बैठक बहिष्कार गरेका हुन् ।
विपक्षी दलहरूले यस्तो कदमले संसदीय मर्यादामाथि प्रश्न उठेको आरोप लगाए ।
अर्थमन्त्री यादवले गत असार १ गते आव २०८२/०८३का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गरेका थिए ।
