Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम उपमहानगरले ल्यायो ३ अर्ब १ करोडको बजेट





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाले आव २०८२/०८३का लागि ३ अर्ब १ करोड ९ हजार ४ सय ६३ रुपैयाँको बजेट ल्याएको छ ।
उपमहानगरको १३औँ नगरसभाबाट सोमबार प्रस्तुत गरिएको बजेटमा चालु तर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४ सय ६३, पुजिगत तर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार र सामाजिक सुरक्षा भत्ता तर्फ ५० करोड रकम बजेट विनियोजन गरिएको छ ।
आव २०८१/०८२मा उपमहानगरले चालु तर्फ ८० प्रतिशत, पुजिगत तर्फ ८५ प्रतिशत र ७१ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको छ ।
आगामी आवको बजेट शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, गरिबी न्युनीकरण, ग्रामीण विद्युतिकरण, हरित शहर लगायतका योजनालाई केन्द्रमा राखेर बजेट ल्याइएको उपमहानगरका उपप्रमुख किशोरी साहले बताए ।