Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

घुस ‘डिल’ अडियो प्रकरणलाई लिएर सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी





काठमाडौं ।
घुस ‘डिल’ को अडिओ प्रकरणलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा जानकारी लिएर उनलाई आजै हटाउने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो ।
स्रोतले भन्यो, ‘यसबारे प्रधानमन्त्रीज्यूले मन्त्रीबाट विस्तृत ब्रिफिङ लिनुहुनेछ । संलग्न विभिन्न व्यक्तिका नाम पनि आइरहेका छन् । राजीनामा गरेर मार्ग प्रशस्त गर्न भनिनेछ । नभए बर्खास्त नै हुनेछ ।’
उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइएको छ । साथै, मन्त्री गुप्ता पदमुक्त गराएसँगै यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने भएको छ ।
केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । यस विषयमा छानबिन र मन्त्री बर्खास्तीका लागि चौतर्फी दबाब भइरहेको छ ।