

एजेन्सी ।
भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवाल र उनका पति कश्यप पारुपल्लीले आपसी सहमतिमा अलग हुने घोषणा गरेका छन् ।
साइना नेहवालले इन्स्टाग्राम पोस्टमार्फत पतिसँग अलग भएको जानकारी गराएकी हुन् । उनले लेखेकी छन्, ‘जीवनले कहिलेकाहीँ हामीलाई फरक दिशामा लैजान्छ । धेरै सोचविचारपछि कश्यप पारुपल्ली र मैले अलग हुने निर्णय गरेका छौँ ।’
उनले अगाडि लेखेकी छन्, ‘म सम्झनाहरूका लागि आभारी छु र भविष्यको लागि शुभकामना दिन्छु। यस समयमा हाम्रो गोपनीयतालाई बुझ्नु र सम्मान गर्नुभएकामा धन्यवाद ।’ साइना र कश्यपले २०१८ मा विवाह गरेका थिए ।
