Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सोमबार अमेरिकी डलर स्थिर, युरो बढ्यो, पाउण्ड स्टर्लिङ घट्यो





काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ स्थिर छ । युरो केही बढ्दा पाउण्ड स्टर्लिङ भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । आइतबार पनि अमेरिकी डलरको विनिमय दर यही कायम थियो ।

युरोपियन युरो भने आइतबारको तुलनामा आज केही बढेको छ । आज युरो एकको खरिदर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा छ । आइतबार एकको खरिदर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा थियो ।

आज युके पाउण्ड स्टर्लिङ भने आइतबारको तुलनामा केही घटेको छ । आज पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा छ । आइतबार पाउण्ड स्टर्लिङ एकको खरिदर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ १ पैसा थियो ।

हेर्नुहोस् विदेशी मुद्राको आज सोमबारको विनिमय दर–