Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लण्डनको साउथएन्ड विमानस्थलमा हवाईजहाज दुर्घटना





लन्डन।

बेलायतको लन्डनस्थित साउथएन्ड विमानस्थलमा एउटा सानो विमान दुर्घटना भएको छ । विमान उडेलगत्तै खसेर आगो लागेको थियो । विमान दुर्घटनामा भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन ।

यो दुर्घष्टना पछि अनिश्चितकालका लागि विमानस्थल बन्द गरिएको छ । यात्राका लागि टिकट काटेका यात्रुहरूलाई सम्बन्धित विमान कम्पनीहरुलाई सम्पर्क गर्न भनिएको छ ।

श्रीमती र छोराछोरीसँग विमानको गतिविधि हेर्न विमानस्थल गएका जोनसनले बीबीसीसँग भनेका छन्, ‘उडेको केही सेकेन्डमै विमान झन्डै उल्टो भयो र जमिनमा खस्यो । त्यहाँ ठूलो विस्फोट भयो र धुवाँको मुस्लो देखियो ।’

विमानमा कति जना चढेका थिए र उनीहरुको अवस्था के छ भन्ने अहिले खुलिसकेको छैन । विमान दुर्घटनाको कारण पनि खुलेको छैन । प्रहरीले हवाई दुर्घटना जाँच शाखासँग मिलेर अनुसन्धान गरिरहेको जनाएको छ ।

वरिष्ठ प्रहरी प्रमुख मोर्गन क्रोनिनले भनेका छन्, ‘प्रारम्भिक चरणमा हामीलाई आवश्यक सबै जानकारी संकलन गर्नु अत्यावश्यक छ र पीडितलाई निरन्तर सहयोग जारी राख्नुपर्ने छ ।’

प्रहरीले मानिसहरूलाई आपतकालीन सेवाका फोनलाइनहरू खुला गरेको जानकारी दिँदै सो घटनासम्बन्धी सूचना दिनका लागि ‘मेजर इन्सिडेन्ट पोर्टल’ प्रयोग गर्न आग्रह गरेको छ ।