Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमतसंग पार्टी एकता गर्न नसकेका रेशम जसपा नेपालसंग पार्टी एकता गर्ने प्रयासमा





काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी एकताका लागि राखेको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक देखिएको छ ।
जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा शनिबार आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्तिका संरक्षक चौधरीले मञ्चबाटै एकता र सहयकार्यको प्रस्ताव गरेका थिए । जसलाई जसपा नेपालका महासचिव रामकुमार शर्माले आफ्नो पार्टीले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । ‘यो निकै सकारात्मक प्रस्ताव हो, यो देशमा थारू र मधेशी नमिलेसम्म परिवर्तन सम्भव छैन, रेशम चौधरीजीले आफैले सार्वजनिक रूपमै यस्तो प्रस्ताव ल्याउनु नै सकारात्मक सन्देश हो,’ उनले भने ।
यसअघि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकताको तयारी थियो । तयारी घोषणाको केही घण्टाअघि नै एकता प्रक्रिया भाँडिएको थियो । जसका कारण अब ती दुई दलबिच एकता नहुने लगभग निश्चित भएको छ । जनमत र नागरिक उन्मुक्तिबिच एकता हुने भए रूपन्देहीमा हुन लागेको आम निर्वाचनमा यी दुई दलबिच सहकार्य हुने थियो । तर त्यो पनि अब टरेको छ । यसलाई प्रस्ट्याउँदै नागरिक उन्मुक्तिका एक नेता भन्छन्, ‘जनमतले नागरिक उन्मुक्तिलाई धोखा दिएको हो ।’
यद्यपि जसपा नेपालसँग औपचारिक रूपमा पार्टी एकताबारे कुनै प्रस्ताव वा छलफल भने नभएको ती नेताले बताए । ’तर मधेशी र थारू मिल्नुपर्छ भन्ने सोच रहेकाले जसपा नेपालसँग कुरा अगाडि बढाउन सकिन्छ,’ उनले भने ।
रुपन्देहीमा हुने उपनिर्वाचनमा जसपा नेपालले सबैभन्दा पहिले नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गरेको थियो । संघीय लोकतान्त्रिक मोर्चामा रहेका अन्य दलहरूले पनि नागरिक उन्मुक्तिलाई समर्थन गरिसकेका छन् । महासचिव शर्माका अनुसार नागरिक उन्मुक्तिको प्रस्तावमाथि पार्टीले विचार गर्ने र यसलाई अगाडि बढाउने छ ।