Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संघीय गणतान्त्रिक गठबन्धनले रौतहटमा जनजागरण सभा गर्ने





जनकपुरधाम ।
तराई–मधेशका पाँचदलीय संघीय गणतान्त्रिक गठबन्धनले असार ३२ गते रौतहटमा जनजागरण सभा गर्ने भएको छ । यसको तयारीका लागि आज रौतहटमा गठबन्धनको बैठक बसेको थियो ।
नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं गठबन्धनका संयोजक रिजवान अन्सारीले जनजागरण सभाको तयारीमा लाग्न गठबन्धनमा आबद्ध दलका जिल्ला नेता तथा कार्यकर्तालाई निर्देशन दिएको बताए ।
असार ३२ गते गौरमा उक्त सभा आयोजना गर्न लागिएको उनले जानकारी दिए । बैठकले जुलस र ब्यानरसहित गौर नगरपालिकाको परिक्रमा गरी मुख्य कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।
’यो कार्यक्रमलाई मधेशको अधिकार, पहिचान र संघीयता सुदृढीकरणका लागि महत्त्वपूर्ण मोडका रूपमा गठबन्धनले लिएको छ,’ अन्सारीले भने, ’कार्यक्रममा लोकतान्त्रिक आन्दोलन, संघीयता, समावेशिता, सामाजिक न्याय र स्थानीय विकासका मुद्दाहरू उठाउने छौँ ।’
यो जनजागरण कार्यक्रममार्फत जनता र राज्यबिच दूरी घटाउने र जनताका मुद्दालाई संगठित ढंगले उठाउने प्रयासस्वरूप यो कार्यक्रमलाई गठबन्धनले निकै महत्त्वका साथ तयारी गरिरहेको उनले बताए । कार्यक्रममा आफूसहित बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दर अम्बेडकर, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, नेपाल जनजागृति पार्टीका अध्यक्ष धुपलाल निषाद, र ऐतिहासिक जनता पार्टीको अध्यक्ष बद्री ठाकुर मुख्य वक्ता रहने पनि उनले बताए ।