Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमतका निलम्बित उपाध्यक्ष भन्छन– ज्यान मार्ने योजना अनुरुप ममाथि पार्टीकै गुण्डा परिचालन गरियो





जनकपुरधाम ।
जनमत पार्टीभित्रको आन्तरिक विवाद अब सडकमा आएर हिंसात्मक बनेको छ । पार्टीबाट निलम्बित राष्ट्रिय उपाध्यक्ष इन्जिनियर दीपक कुमार साह, निलम्बित कोषाध्यक्ष सुरेन्द्र यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सुनारमाथि बारामा प्रज्वलनशील पदार्थ प्रहारसहित मोसो छ्यापेर दुव्र्यवहार गरिएको छ । यो घटना पार्टीका अध्यक्ष डा. सीके राउतका निकट मानिने केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा भएको हो ।
निलम्बित नेताहरूले पार्टीभित्रको असन्तुष्टि र संघर्षलाई उजागर गर्न पार्टी सुदृढीकरण तथा जनसंवाद यात्रा सुरु गरेका छन्। आइतबार बिहान बाराको महागढीमाई नगरपालिका–३, दहियारमा उनीहरू कार्यकर्तासहित खाना खाएर संवाद कार्यक्रममा जाँदै गर्दा आक्रमण भएको थियो ।
इन्जिनियर साहले आफूहरूमाथि डा. सीके राउतले ‘ज्यान मार्ने उद्देश्यले पार्टीभित्रकै केही गुण्डाहरू परिचालन गरेको’ आरोप लगाएका छन् ।
उनले भने, ‘हामी सुरक्षित छौँ, त्यस्तो क्षति भएको छैन । हामी डराएर अभियानबाट भाग्ने छैनौं। हाम्रो मृत्युपश्चात् पनि अभियान जारी रहनेछ, किनभने हामीले मृत्यु दस्तबेजमा हस्ताक्षर गरेर यो अभियानमा निस्केका छौँ । मृत्युदेखि परवाह छैन ।’
साहले आम जनतालाई डा. सीके राउतका कर्तुतहरू बुझ्न र थाहा पाउन अनुरोधसमेत गरेका छन् ।
‘संगठनको नेताकार्यकर्ता सहित खाना खाएर सम्वाद कार्यक्रममा जान लागेका बेला बिहान ११ बजे बारा जिल्लाको महागढीमाई नगरपालिका– ३, दहियारमा डा. सिके राउतका निकट विकास सिंहले उनीहरूमाथि प्रज्वलनशिल पदार्थ गाडीभित्रै फालेका छन् ।’ उनले भने, ‘ आफूहरुमाथि डा. सीके राउतले ज्यान मार्ने उदेश्यले पार्टीभित्रकै केही गुन्डाहरु परिचालित गरेका छन् ।’
सार्वजनिक भएको एक भिडिओमा साह, यादव र सुनार चढेको गाडीलाई विकास सिंहको नेतृत्वमा गएका १०–१२ जना कार्यकर्ताहरूले घेरा हालेको देखिन्छ । उनीहरूले लुकाएर लगेको बोतलबाट कालो मोसो फालेका थिए । भिडिओमा ‘दीपक साह मुर्दावाद मुर्दावाद’ भन्दै चर्को नाराबाजीसमेत गरिएको सुनिन्छ ।
विकास सिंहले भने निष्कासित उपाध्यक्ष साह र कोषाध्यक्ष यादवले पार्टीविरुद्ध गतिविधि गरेको, पार्टीलाई भाँड्न खोजेको र नेता कार्यकर्ताहरूलाई गुमराहमा राख्ने काम गरेकोु भन्दै मोसो छ्यापिएको स्वीकार गरेका छन् ।