Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

छात्रालाई शिक्षकले ‘ह्याप्पी बर्थडे मेरी जान’ मेसेज गरेपछि तनाव, शिक्षक प्रहरीको नियन्त्रणमा





जनकपुरधाम ।
रौतहटको गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयमा छात्रालाई जिस्क्याएको आरोपमा आइतबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । घटना बाहिरिएपछि स्थानीय र अभिभावक विद्यालय परिसर पुगेका थिए ।
त्यसपछि केही बेर ढुंगामुढा प्रहार गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
विद्यालयका शिक्षक रवीन्द्रप्रसाद साहलाई कक्षा १० मा अध्ययनरत एक छात्रालाई जिस्क्याएको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए । ‘हामीले शिक्षक साहलाई नियन्त्रणमा लिइसकेका छौँ । उनी विरुद्ध जाहेरी आउनासाथ बाल यौन दुव्र्यवहारमा मुद्दा दर्ता गर्छौं,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ । अहिले स्थिति सामान्य छ ।’
विद्यालय व्यवस्थापन समितिका निमित्त अध्यक्ष राजकुमार दास तत्माले विद्यालयसित सरोकार नभएका स्थानीयले ढुंगामुढा गर्दा विद्यालयका झ्यालढोका र परिसरमा रहेका डेढ दर्जन मोटरसाइकलमा क्षति पुगेको बताए । ‘विद्यालयका शिक्षक साहको चरित्र ठीक छैन भनेर सूचना पाएलगत्तै निष्कासनको तयारीमै थियौँ,’ उनले भने, ‘त्यसैका लागि बैठक बस्न लाग्दा हुलहुज्जत भयो । हामी शिक्षक साहलाई विद्यालयबाट हटाउँछौं ।’
निमित्त अध्यक्ष दासले विद्यालयसित सरोकार नभएकाहरूले ढुंगामुढा गरेको भन्दै पक्रेर कारबाही गर्न प्रहरी समक्ष माग गरेका छन् । शिक्षक साहले छात्राको जन्मदिनमा ‘ह्याप्पी बर्थडे मेरी जान’ लेखेर पठाएको भन्दै विद्यार्थी र अभिभावकले उनीमाथि आक्रमण गरेका हुन् ।