Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निर्वाचन आयोगमा उजुरी दिदै नवराज सुवेदीले भने– न्याय माग्न आयोगमा आएँ





काठमाडौँ ।
राप्रपाको अनुशासन समिति अध्यक्षबाट पदमुक्त भएका नेता तथा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले न्याय माग्नका लागि आफू निर्वाचन आयोग आएको बताएका छन् ।
राजेन्द्र लिङ्देन इतरका गुटका नेताहरूलाई दायाँबायाँ लगाएर आइतबार उनी आयोगमा उजुरी दिनका लागि पुगेका थिए । आयोगमा उनीसँगै निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शमशेर राणा, प्रवक्ताबाट निकालिएका सगुन लावती, महामन्त्री कुन्ती शाही, उपाध्यक्ष विक्रम पाण्डेलगायत गुटका दर्जनौँ नेताहरू पुगेका हुन् ।
आयोगमा उनले आफूलाई विधानविपरीत अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन आयोग अध्यक्षबाट हटाएको दाबीसहित लिखित उजुरी पेस गरेका छन् ।
उजुरी दिएसँगै बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सुवेदीले पार्टीभित्र आफूप्रति अन्याय भएकाले आयोगमा औपचारिक उजुरी दिएको बताए । पदबाट हटाइएकोबारे आफूलाई जानकारी नदिइएको उल्लेख गर्दै उनले आफूले सबै विषय सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको बताए ।
‘हटाउनुअघि मलाई केही सोधिएको छैन, चिठी लेखिएको पनि छैन’ सुवेदीले भने, ‘उहाँ (राजेन्द्र लिङ्देन)ले मलाई निकालेर अर्को मान्छे ल्याउनु भएको रहेछ भन्ने कुरा मिडियाबाट मात्र थाहा पाएँ । त्यसैले म आयोगमा उजुरी दिन आएको हुँ,’ उनले भने ।
सुवेदीले पार्टीभित्र अनेक षड्यन्त्र भइरहेको दाबी गर्दै आफूले त्यसविरुद्ध आवाज उठाएको बताए । ‘म त पार्टीमा अन्याय हुन लाग्यो भनेर त्यसको विरोध स्वरूप आएको हुँ’ उनले भने, ‘पार्टी फुटोस् भन्ने चाहना होइन, षड्यन्त्र नहोस् भन्ने चाहना हो ।’
उनले आफूले संयुक्त जनआन्दोलन समिति घोषणा हुँदा राप्रपा परित्याग गरिसकेको भनेर कहीँकतै नभएको दाबी गरे । उनले त्यतिबेलाको आफ्नो अभिव्यक्तिको केही अंश काटछाँट गरेर प्रचार गरिएको आरोप समेत लगाए ।
‘मैले भाषणमा संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि जे गर्न पनि तयार छु भनेको थिएँ, पद छाड्न परेपनि छाडौँला भनेको थिएँ । तर, भाषणको अघिपछि हटाएर जे सुविधा लाग्यो त्यही मात्रै बाहिरियो,’ सुवेदीले भने । उनले राजा फर्काउने आन्दोलन निरन्तर चल्ने समेत दाबी गरे ।
यसैगरी उनले प्रवक्ता र संगठन विभाग प्रमुखलाई हटाइएको विषय पनि उठाउँदै नेतृत्वप्रति असन्तोष व्यक्त गरे ।
यस्तै प्रवक्ताबाट हटाइएका नेता सगुन लावतीले भने आफूहरू न्याय पाइन्छ भनेर आयोगमा आएको बताए । यस्तै नेता प्रकाशचन्द्र लोहनीले पार्टी एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै विधानविपरीतको निर्णय मान्य नहुने बताए । ‘हामी एकताबद्ध पार्टी बनाउनुपर्छ भन्ने पक्षमा छौँ’, उनले भने। उनले राजसंस्थाको पुनस्र्थापनाका लागि भइरहेको आन्दोलन निष्कर्षमा पुगेरै छाड्ने बताए ।