Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अनुशासन समितिको निर्णयबारे छलफल गर्न कांग्रेस भित्र केन्द्रीय समिति बैठक बोलाउन माग





काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् ।
केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली र अजयबाबु सिवाकोटीले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्न माग गरेका हुन् । उनीहरुले केन्द्रीय समितिको बैठक बसेको समयमा अनुशासन समितिको निर्णय प्रस्तुत नगरी छलेर कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन् ।
पार्टीले गठबन्धन नगर्ने महासमिति र केन्द्रीय समितिबाट निर्णय भइसकेको अवस्थामा गठबन्धनकै विषयलाई लिएर अहिले अनुशासनको डण्डा चलाइनु खोटपूर्ण रहेको उनीहरुको भनाइ छ ।
दोहोरो मापदण्ड र पूर्वाग्रही रुपमा कारबाही गरिएको भन्दै उनीहरुले गुटगत आधारमा गरिएको यो निर्णयले पार्टीलाई थप कमजोर बनाउने बताएका छन् ।