Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एयर इन्डिया दुर्घटना : प्रारम्भिक रिपोर्टले देखायो इन्धन आपूर्ति बन्द हुनु मुख्य कारण





अहमदाबाद।

अहमदाबाद विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको एयर इन्डिया विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ।

दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टमा उल्लेख छ।

लण्डन जाँदै गरेको बोइङ ७८७ ड्रीमलाइनर विमान रनवेबाट उडेको केही क्षणमै जमिनमा खस्दा जमिनका सहित गरेर कम्तीमा २६० जनाको मृत्यु भएको थियो। विमानमा सवारमध्ये केवल एक जना मात्र बाँच्न सफल भएका थिए।

सीएनएनमा उल्लेख भएको अनुसन्धान प्रतिवेदनअनुसार, ककपिटमा रहेको इन्धन नियन्त्रण स्विचहरू ‘रन’ बाट ‘कटअफ’ मा परिणत भएपछि इन्जिनहरूमा इन्धन आपूर्ति रोकिएको थियो।

ब्ल्याक बक्सबाट प्राप्त ४९ घण्टा उडान डेटा र २ घण्टा ककपिट अडियोका आधारमा, विमानले १८० नट गति पुगेको बेला दुवै इन्जिनका इन्धन स्विचहरू एक सेकेन्डको अन्तरमा बन्द गरिएको पाइएको छ।

ककपिट अडियो अनुसार, एक पाइलटले अर्कोलाई ‘किन कटअफ गर्‍यौ?’ भनेर सोध्दा, उसले ‘मैले गरेको होइन’ भन्ने जवाफ दिएको रिपोर्टमा उल्लेख छ।

त्यसपछि स्विचहरू पुनः सामान्य स्थितिमा फर्काइएको थियो र इन्जिन फेरि स्टार्ट हुने क्रममा नै विमान जमिनमा खसेको थियो।

बोइङ ७८७ मा ती स्विचहरू दुई पाइलटको सिट बीचमा, थ्रोटल नजिकै राखिएको हुन्छ र तिनीहरूलाई गल्तीले बन्द हुन नदिने विशेष सुरक्षा प्रणाली पनि जडान गरिएको हुन्छ।

यो प्रारम्भिक प्रतिवेदन मात्र हो । पूर्ण अनुसन्धान पछि मात्र अन्तिम निष्कर्ष सार्वजनिक हुनेछ।