Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अबदेखि ज्ञानेन्द्र शाहलाई ‘श्री ५’ नलेख्ने कागज गरेर छुटे संवाद सचिव फणिराज





काठमाडौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकलाई परिवारको जिम्मा लगाएर प्रहरीले छाडिदिएको छ।

पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ भन्दै विज्ञप्ति निकालेको, सामाजिक सञ्जालमा लेखेको लगायतका विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको थियो।

साँझ पौने ८ बजे कागज गरेर आयन्दा यसखाले गल्ती नगर्ने वाचा गराएर उनलाई परिवारको जिम्मा लगाइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

ज्ञानेन्द्र शाहलाई अबदेखि श्री ५ महाराजाधिराज नभन्ने, महाराजाधिराज भनेर फेसबुकमा भएका पोस्ट हटाउने, आयन्दा पोस्ट पनि नगर्ने, विज्ञप्ति निकाल्दा पनि यी कुरा उल्लेख नगर्ने कागज गराएर उनलाई परिवारको जिम्मा लगाइएको बोहराको भनाइ छ।

पाठकले शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराजाधिराज’ भनी सम्बोधन गर्दै विभिन्न विज्ञप्ति र पोस्टहरू सार्वजनिक गर्ने गरेका थिए।

पाठक ज्ञानेन्द्र शाह राजा छँदा राजदरबार संवाद सचिवका रूपमा कार्यरत थिए।