Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपाले गर्यो अशोक यादवको अभिव्यक्तिको बचाव, सबै मुद्दा फिर्ता लिन माग





जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) का मधेशले प्रदेश अध्यक्ष अशोक यादवमाथि प्रहरीले चलाएको मुद्दा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
जसपा मधेशकी उपाध्यक्ष निर्मला यादवले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश अध्यक्ष यादवमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिन प्रशासनलाई आग्रह गरिन् । उनले प्रशासनले झुठा मुद्दा फिर्ता नलिए पार्टी संघर्षमा उत्रने चेतावनी समेत दिइन् ।
जसपा प्रदेश अध्यक्ष यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्काले एकअर्कालाई गालीगलौज गरेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले यादवमाथि मुद्दा चलाएर खोजतलास जारी राखेको छ । मुद्दा दर्तापछि उनी फरार छन् ।
फरार रहेको बेला उनले नेपालबाट मधेश अलग गर्ने जस्ता धम्की समेत दिइसकेका छन् । यद्दपी उनको पार्टी बचाउमा लागेको छ ।
सो पार्टीकी प्रदेश उपाध्यक्ष यादवले पत्रकार सम्मेलनमा भनिन्, ‘हाम्रो पार्टीको प्रदेश अध्यक्ष यादव कुनै गल्ती गर्नुभएको छैन । गत बिहिवार पूर्वाधार विकास कार्यालयका प्रमुख गेटमा ताल्चा लगाएर राति कार्यालय सञ्चालन गर्दा प्रहरीले सुरक्षा दिएको थियो । सो विषयमा बुझ्न खोज्दा एसपीले नै ‘मधेसी हो भनेर हेपेका थिए ।’
प्रदेश उपाध्यक्ष यादवले एसपी खड्काले नै गल्ती गरेकाले उनलाई नै कारबाही गर्नुपर्ने माग गरेकी छन् ।