Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बुवाले नै गोली प्रहार गरी टेनिस खेलाडी राधिका यादवको हत्या गरेपछि भारतीय खेलजगत स्तब्ध





एजेन्सी ।
भारत हरियाणाकी टेनिस खेलाडी राधिका यादवको हत्याले भारतीय खेलकुद जगत् स्तब्ध भएको छ ।
भारतका टेनिस प्रोफेसनल्स सौजन्या बाविसेट्टी र शर्मदा बालुले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सौजन्याले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छन् ।
त्यसमा उनले लेखेकी छन्, ‘यो हृदयविदारक छ । मैले प्रतियोगितामा राधिकालाई एकपटक मात्र भेटेकी थिएँ, तर उनको मुस्कान धेरै मिठो थियो । मलाई लागेको थिएन– उनका आफ्नै बुबाले यति भयावह कदम उठाउन सक्छन् । उनीसँग एउटा पूरै जीवन बाँकी थियो, जुन ’मानिसहरूले के भन्लान्’ भन्ने सोचले समाप्त भयो । राधिका, तिम्रो आत्माले शान्ति पाओस् । म प्रार्थना गर्छु– तिमीले अर्को जुनीमा राम्रो परिवार पाउनेछौ ।’
यस्तै पूर्वराष्ट्रिय च्याम्पियन शर्मदा बालुले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा यो धेरै दुःखद र विचलित पार्ने खालको घटना भनेकी छन् । राधिका यादवको हत्याले उनको परिवार र साथीभाइमा शोक मात्र नभएर देशभरका टेनिस खेलाडी र खेलप्रेमीमा ठूलो आक्रोश पनि छाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सबैले भनिरहेका छन्– एउटी केटी आत्मनिर्भर बन्दै आफ्नो करियर बनाउँदै थिइन्, पारिवारिक सोच र सामाजिक दबाबका कारण ज्यानै गयो ।
राधिका यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धेरै उपलब्धि हासिल गरेकी थिइन् । उनी आईटीएफ महिला डबल्समा ११३औँ स्थानमा पुगेकी थिइन् भने हरियाणामा महिला डबल्समा पाँचौँ स्थान हासिल गरेकी थिइन् ।
टेनिसखेलो डटकमका अनुसार राधिका यादवको जन्म २३ मार्च २००० मा भएको थियो । उनले आईटीएफ डबल्समा शीर्ष २०० मा स्थान बनाएकी थिइन् । २५ वर्षीया राधिका यादव गुरुग्रामको सुशान्त लोक–फेज २ मा बस्थिन् ।
राधिकालाई गुरुग्राम सहरमा बिहीबार गोली हानेर मारिएको हो । प्रहरीका अनुसार उनका बुबाले उनलाई पाँच गोली हानेका थिए, जसमध्ये तीन गोली उनलाई लागेको थियो । प्रहरीले भनेको छ, ‘राधिका टेनिस एकेडेमी चलाउँथिन्, जसका कारण उनका बुबा रिसाएका थिए ।’ प्रहरीले उनका बुबालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।