Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

२३ अग्निपीडितलाई डिभिजन वन कार्यालय धनुषाद्वारा काठ वितरण, मन्त्री यादवले भन्नुभयो – काठलाई घर निर्माणमा उपयोग गर्नुपर्छ





जनकपुरधाम ।
धनुषा जिल्लाको विभिन्न स्थानमा भएको आगलागी घटनामा पीडित भएकाहरुलाई आज काठ वितरण गरिएको छ । डिभिजन वन कार्यालय धनुषाद्वारा २३ परिवारलाई ३ सय ५३ क्वूवीक फिट काठ वितरण गरिएको छ ।
सो अवसरमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्री संजयकुमार यादवले काठलाई घर निर्माण कार्यमा उपयोग गर्नुपर्छ बताउनुभयो । साथै उहाँले गर्मी तथा सुख्खा मौसममा आगलागीको घटना बढी हुने भएकाले त्यसप्रति आफू र छिमेकीलाई सचेत गराउन आग्रह गर्नुभयो ।
डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहले प्रदेश सरकारले अग्निपीडितका लागि निःशुल्क काठ वितरण गर्ने ल्याएको योजना अनुसार कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
समारोहमा धनुषाको कमला नगरपालिकाका मेयर विशेश्वर यादव, वन मन्त्रालयका सचिव उद्धबबहादुर घिमिरे, वन निर्देशनालयका निर्देशक जगन्नाथ जयसवाल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।