Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतीय फिल्म ‘उदयपुर फाइल्स’ नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह





काठमाडौं ।
भारतीय फिल्म ‘उदयपुर फाइल्सः कन्हैयालाल टेलर मर्डर’लाई नेपालमा रिलिज नगर्न नेपालका मुस्लिम समुदायले सरकारसँग आग्रह गरेका छन् ।
मुस्लिम आयोग र चलचित्र विकास बोर्डमा पत्र लेख्दै उनीहरूले फिल्मले नेपालको शान्तिलाई हानी पु¥याउन सक्ने बताइएको छ ।
फिल्ममा पैगम्बर मोहम्मदको अपमान गरेको, मदरसा र मुस्लिम शिक्षक तथा मुस्लिम विद्यार्थीलाई बदनाम गरेको, हिन्दु–मुस्लिम दंगा देखाइएको जनाउँदै फिल्म रोक्न माग गरिएको हो ।
‘हाम्रो देशमा हिन्दु र मुस्लिम सबै धर्मका मानिसहरू मिलेर बस्छन् । यस्ता चलचित्रले हाम्रो देशको शान्तिलाई हानि पु¥याउन सक्छन्’ पत्रमा उल्लेख छ, ‘त्यसकारण, हामी मुस्लिम आयोगलाई हाम्रो देश नेपालमा यो फिल्म रिलिज नगर्न नेपाल सरकारलाई तुरुन्तै अपिल गर्न अनुरोध गर्दछौं ।’
बोर्ड अध्यक्ष दिनेश डीसीले पनि पत्र आफूकहाँ आइपुगेको जनाउँदै यसप्रति ध्यानाकर्षण भएको बताए । ‘उहाँहरूले नेपालमा फिल्म आइहाले रोक लगाउन भन्नुभएको छ’ उनले भने ।
भारतमा भने यो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो क्राइम थ्रीलर फिल्मलाई एस श्रीनात र जयन्तसिंहले निर्देशन गरेका हुन् । जसलाई अमितजानीले निर्माण र रिलायन्स इन्टरटेनमेन्टले वितरण गरेका छन् ।
यसले राजस्थानको उदयपुरमा सन् २०२२ मा भएको दर्जी कन्हैया लालको वास्तविक जीवन र क्रूर हत्यालाई नाटकीय रूपमा प्रस्तुत गर्दछ । नुपुर शर्मालाई समर्थन गर्ने सामाजिक सञ्जाल पोस्टको बदला लिने आरोप लगाइएको कथावस्तु यसमा छ ।