Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बजेट सम्बन्धि विवाद मिलाउन सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन





जनकपुरधाम ।
मधेश प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विचौलिया हावी भएको भन्दै प्रतिपक्षी दलले निरन्तर प्रदेशसभा बैठक अवरुद्ध गरेपछि प्रदेश सरकार कार्यदल गठन गर्न तयार भएको छ ।
आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले कार्यदल गठन गरेर बजेटमा देखिएको समस्या समाधान गर्न सभामुख रामचन्द्र मण्डललाई आग्रह गरे । लगत्तै सभामुख मण्डलले आफ्नै नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको सदनलाई जानकारी गराए ।
उनका अनुसार कार्यदलमा रामअशिष यादव, जवाहर लाल कुशवाहा, कनिश पटेल, सरोज कुमार यादव र कृष्णा यादवलाई राखिएको छ । नेकपा एमाले संसदीय दलका नेता सरोज भौतिक पूर्वाधार विकास मन्त्री हुन् । उनलाई कार्यदलमा राखिएपछि जसपा नेपालले आपत्ति जनाएको छ ।
जसपा नेपालका रामअशिष यादवले बजेटमा सरकारद्वारा गडबड भएको भन्दै सरकार पक्षलाई कार्यदलमा राख्न नहुने बताए ।
उनले भने, ‘बजेट सुधार, परिमार्जन वा पुर्नलेखन गर्न सत्तापक्ष र प्रतिपक्ष रहनेगरी कार्यदल गठनको सहमती भएको थियो । तर अहिलेको कार्यदलमा सरकार पक्षलाई समेत राखियो । सदनमा सत्तापक्ष र प्रतिपक्ष मात्र हुन्छ । सरकार मधेश भवनमा छ ।’
उनले कार्यदलमा आपत्ति जनाएपछि मुख्यमन्त्री सिंहले प्रतिवाद गरे । उनले सहमती अनुसार नै कार्यदल गठन भएको र अहिले सहमती तोड्ने प्रयास भएको गुनासो गरे ।