Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टेस्ट ब्याटिङ वरीयतामा ब्रुक र गिलको फड्को





एजेन्सी ।
नयाँ आइसिसी टेस्ट वरीयतामा ब्याटिङतर्फ आफ्नै देशका जोय रुटलाई पछि पार्दै इङ्गल्यान्डका हेरी ब्रुक शीर्ष स्थानमा उक्लेका छन् ।
भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा ब्रुकले १५८ रन प्रहार गरेका थिए । रुट दोस्रो स्थानमा छन् । सोही टेस्टमा २६९ र १६१ रन प्रहार गरेका भारतीय कप्तान शुभमन गिल १५ स्थान उक्लँदै छैटौँ स्थानमा छन् ।
यस बीचमा न्युजिल्यान्डका केन विलिम्सन तेस्रो, यशस्वी जयसवाल चौथो तथा अस्ट्रेलियाका स्टेभन स्मिथ पाँचौँ स्थानमा छन् । भारतसँगको टेस्टमा नै शानदार ब्याटिङ गरेका जेम स्मिथ १६ स्थान उक्लेर १० औँ स्थानमा उक्लेका छन् ।
जिम्बाबेसँगको खेलमा अविजित ३६७ रन प्रहार गरेका दक्षिण अफ्रिकाका वियान मल्डर भने ३३ स्थान उक्लेर ब्याटिङ वरीयताका २२ औँ स्थानमा पुगेका छन् । अलराउण्डरमा १२ स्थान उक्लँदै उनी तेस्रो स्थानमा पुगेका छन्। अलराउण्डर वरीयतामा रवीन्द्र जडेजा शीर्ष स्थानमा छन् ।