Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गर्मीको लहरपछि युरोपभर डढेलो बढ्यो, पोर्चुगलमा २८४ जनाको मृत्यु





पेरिस ।

युरोपभरि बढेको उच्च तापक्रमका कारण डढेलो फैलिएको छ र उच्च तापका कारण पोर्चुगलामा दुई सय ८४ जनाको मृत्यु भएको छ ।

पोर्चुगल, ग्रिस, फ्रान्स, स्पेन र युरोपसित जोडिएको टर्कीका केही भागमासमेत डढेलो फैलिएपछि अग्निनियन्त्रक हेलिकोप्टर र जहाजहरूले पानीको वर्षा गरिरहेका छन् । तर डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

पोर्चुगलमा हालसम्मकै सबैभन्दा उच्च ४६ दशमलव ६ डिग्री सेल्सियस पुगेको र २८४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य महानिर्देशनालय (डिजिएस) ले जनाएको छ।

फ्रान्सको दोस्रो ठूलो सहर मार्सेईमा बुधबार बिहानैदेखि फैलिएको डढेलोले सयौँ घरहरु जलेका छन् । त्यहाँ सात सय अग्निनियन्त्रक, अग्निनियन्त्रक हेलिकोप्टर र जहाजबाट डढेलो निभाउने ग्यास र पानीको फोहोरा हान्दा पनि नियन्त्रणमा आउन नसकेको टिएफ १ न्युजले उल्लेख गरेको छ ।

अधिकारीहरूले सयौँ नागरिकलाई सुरक्षित स्थलतर्फ सारेका छन् । सहरमा पर्याप्त मात्रामा स्थायी आवास नभएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

फ्रान्सको दक्षिणी प्रान्त ओदमा भएको आगलागीमा परेर कम्तीमा १० जना घाइते भएका छन् जसमा पाँच जना नागरिक र पाँच जना अग्नि नियन्त्रक छन् । आगलागीका कारण राजमार्ग नौ आंशिक रूपमा बन्द भएको छ ।

दक्षिणी फ्रान्सेली बन्दरगाह सहर नजिकै फैलिएको डढेलोका कारण मार्सेई विमानस्थलमा उडान बन्द गरिएको स्थानीय अधिकारीहरूले मंगलबार बताएका छन्।

करिब ६५ किमी प्रति घण्टाका दरले बहेको तेज हावा र धरातल उबडखाबड भएकाले अग्निनियन्त्रकहरुलाई बाधा पुर्‍याएको अधिकारीहरूको भनाई छ ।

फ्रान्सेली मौसम सेवा विभाग मेतेयो फ्रान्सले वार र भौक्लुसलाई पनि सम्भावित वन डढेलोको रातो सूचीमा राखेको छ ।

त्यसैगरि स्पेनका अधिकारीहरूले उत्तरपूर्वी तारागोना प्रान्तका १८ हजारभन्दा बढी बासिन्दाहरूलाई डढेलोबाट जोगाउन लकडाउनमा राखेका छन्। उक्त क्षेत्रमा अग्नि नियन्त्रणमा खटिएका कर्मचारीहरूलाई सघाउन मंगलबार बिहानैदेखि आपत्कालीन सैन्य इकाइ खडा गरिएको छ ।

‘मध्यरातदेखि, अग्निनियन्त्रकहरूले प्रतिघण्टा ९० किलोमिटरको गतिमा हावा चलिरहेको बेला आगो निभाउने काम गरिरहेका छन्,’ क्याटालोनियाको क्षेत्रीय अग्निनियन्त्रक सेवाले जनाएको छ।

स्पेनमा तापक्रम उच्च भएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ। जुलाई १ मा तारागोनाको क्याटालोनिया क्षेत्रमा आगलागीमा परी दुई जनाको मृत्यु भएको थियो ।

हंगेरीको मौसममा अचानक परिवर्तन आएपछि सोमबारको आँधीले ठूलो क्षति पुर्‍याएको थियो । हावाले रूखहरू उखेल्ने, ढाल्ने गरेको छ । बिजुलीका लाइनहरू ढलेका छन् । रेल यातायातलाई क्षति पुर्‍याएको छ । एक लाख ५० हजार मानिसको घरमा बिजुली बिच्छेद भएको छ ।

विशेषज्ञहरूले मौसममा आएको यो बदली र डढेलोलाई जलवायु परिवर्तनको कारण भएको हुन सक्ने बताएका छन् ।