Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत (आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध ६ करोड २६ लाख ९३ हजार रुपैयाँको मुद्दा दायर





काठमाडौँ ।

गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत (आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध ६ करोड २६ लाख ९३ हजार रुपैयाँको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा एक महिनादेखि तीन महिनासम्मको कैद, १० हजार रुपैयाँसम्म जरिवाना र बिगो जफतको मागसहित मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा पौडेलले २०५४ माघ ८ गतेदेखि २०८० मङ्सिर १० गतेसम्मको अवधिमा तलब, भत्ता, सापटी, कृषि आय, जग्गा बिक्रीबाटको आयलगायतबाट ३ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको देखिएको थियो ।

तर जाँच अवधिमा व्ययतर्फ घरजग्गा खरिद, निर्माण र परिवारका नाममा विभिन्न बैंक खातामा रहेको रकम तथा अन्य खर्च हेर्दा ९ करोड ६६ लाख रुपैयाँ खर्च भएको देखिएको थियो । जाँच अवधिमा ६ करोड बढी सम्पत्तिको स्रोत पुष्टि नभएपछि सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी अवैधानिक सम्पत्ति आर्जन गरेको आरोपमा उनी विरुद्ध मुद्दा दायर भएको हो ।