Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महाधिवेशनको समयमा एकता गर्ने प्रचण्ड र महिन्द्रबिच समझदारी





काठमाडौँ ।
महिन्द्र राययादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) र नेकपा (माओवादी केन्द्र) बिच महाधिवेशनको बेला एकता गर्ने सहमति भएको छ । पार्टीबाट आपसी समझदारीमै सहअध्यक्ष गंगानारायण समूह माओवादीमा समाहित भएपछि अध्यक्ष यादवले असार ७ गते पार्टी पुनर्गठन गरेका थिए ।
केन्द्रीय समितिको निर्णयसहित केही दिनअघि यादवले प्रचण्डसँग छलफल गरी पार्टी एकतामा सहमति जुटाएको हो । छलफलको क्रममा यादवले एकताका लागि आफू सकारात्मक रहेको स्पष्ट पार्दै उनले पार्टीको नाम, झन्डा, ब्यानर लगायत विषय चाँडै टुंग्याउन आग्रह गरेका थिए । प्रचण्डसँगको कुराकानीमा माओवादीको महाधिवेशनसँगै एकताको विषय टुङ्ग्याउने समझदारी भएको यादवले जानकारी दिए ।
‘हामी एकताका लागि तयारै छौँ । सिङ्गै पार्टी एकता गरौँ भनेर जोड दिएको हो । एकताको विषयमा पहिला बाबुरामजीले प्रचण्डजीसँग सहमति गर्नुभयो । तर बिचैमा छाडेर भाग्नुभयो । पछि सहअध्यक्ष गंगानारायणजी पनि सहमतिमै माओवादीमा जानुभयो’, उनले भने– ‘केन्द्रीय समिति बैठकले पार्टी पुनर्गठन गर्यो । बैठकको निर्णयसहित केही दिनअघि सिंहदरबारमा एकताबारे छलफल भयो । हामीले महाधिवेशनसँगै एकता टुङ्ग्याऊँ भनेका छौँ । यस सम्बन्धमा उहाँ पनि सकारात्मक देखिनुहुन्छ ।’
अध्यक्ष यादवले पार्टीको नाम जे राखे पनि महाधिवेशनको निर्णय आफूहरूलाई मान्य हुने बताए । जवाफमा प्रचण्डले पार्टीको जागरण अभियान सम्पन्न भए लगत्तै केन्द्रीय समिति बैठक बस्ने र त्यसले महाधिवेशनको मिति तय गर्ने बताएको उनले जानकारी दिए । सहमति अनुसार नै पार्टीले सङ्गठन विस्तार गर्ने तर राष्ट्रिय भेला वा महाधिवेशन नगर्ने यादवले स्पष्ट पारे ।