

जनकपुरधाम ।
पत्रकार दिवाकर साहमाथि महोत्तरीको जलेश्वरस्थित पूर्वाधार विकास कार्यालयमा भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघका केन्द्रिय कमिटी सहित विभिन्न कमिटीले विरोध गरेको छ ।
महासंघका केन्द्रिय महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा
पेशागत धर्म निर्वाहका क्रममा कुनै पनि किसिमले अवरोध पु¥याउनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । यस्ता हर्कतको सधैँ निन्दा गर्दछ र दुव्र्यवहारमा संलग्नको पहिचान गरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायसँग माग गरेको उल्लेख रहेको छ ।
महासंघ पत्रकार साहलाई पनि कर्तव्य पालनाका क्रममा पत्रकार आचारसंहिता पालना गर्न अनुरोध गर्दछ ।
यसैगरी महासंघका मधेश प्रदेश सचिव शैलेन्द्र महतो क्रान्तिले पनि प्रेस विज्ञप्ति जारी गरी पत्रकारमाथि दूव्र्यवहार गर्नेलाई कडा कारवाहीको माँग गरेका छन् । प्रेस स्वतन्त्रता विरोधी गतिविधि आफूहरुलाई मान्य नरहेको सो विज्ञप्तिमा उल्लेख रहेको छ ।
महोत्तरी शाखाले पनि सो घटनाको निन्दा गरेको छ । सो शाखाका सचिव रामनारायण महतोद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार साहमाथि जुनसुकै बहानामा गरिएको यस्ता हर्कत दण्डहीनताको परकाष्ठा रहेको उल्लेख रहेको छ । दुव्र्यवहार घटनामा संलग्न रहेकाहरुलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन तथा घटनाको निष्पक्ष छानबीन गर्न पनि माँग गरिएको छ ।
असार २३ गते पूर्वाधार विकास कार्यालयमा समाचार संकलनका लागि जाँदा पत्रकार साहमाथि दूव्र्यवहार गरिएको थियो ।



